न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिलाबिहारी नगरपालिकाभित्र रहेको मावि ललियामा दलित बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको छ ।
मिथिलाबिहारी नगरपालिका वडा नं. ५ ललियास्थित रहेको समुदायिक विद्यालय मावि ललियामा अध्ययनरत दलित, सीमान्तकृत विद्यार्थीहरुलाई सरकारबाट प्राप्त हुने छात्रवृतिको रकम वितरण गरिएको हो ।
सो क्रममा जनजाती, सिमान्तकृत विधार्थीहरुलाई प्रति विधार्थी ५ सय र दलित तथा अन्य छात्रा विधार्थीहरुलाई प्रति विधार्थी ४ सय रुपैयाँका दरले छात्रवृति वितरण गरिएको हो ।
कक्षा १ देखि ८ सम्मका छात्रा र दलित छात्र छात्राहरुलाई छात्रवृति वितरण गरिएको छ । यस विधालयका ३ सय २८ जना विधार्थीहरुलाई जम्मा रु. १ लाख ३९ हजार ८ सय रुपैया छात्रवृति विरण गरिएको छ ।
मिथिलाबिहारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको हो ।
छात्रवृति वितरणको क्रममा विशिष्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत राम दरश यादवको विशेष रोहबरमा बालबालिकाहरुलाई पाउनुपर्ने छात्रवृतिको रकम उपलब्ध गराएको हो ।
सो क्रममा समाजिक विकास समितीका संयोजक राम उदगार दास , शिक्षा शाखा प्रमुख रिमा झा, विधालय व्यवस्थापन समितीका सदस्यहरु, वडा समितीका सदस्यहरु , प्रहरी चौकी ललियाका ईन्चार्ज , महिला स्वयँमसेविकाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन शिक्षक दिप नारायण ठाकुरले गरेका थिए भने स्वागत मन्तव्य मावि ललियाको प्राधानाध्यापक अजय कुमार यादवले गरेका थिए ।
विधालयमा शैक्षिक शत्र २०८० मा कक्षा १ देखि १० सम्ममा जम्मा ६ सय १५ जना विधार्थी अध्ययनरत रहेको प्रअ यादवले जानकारी दिए ।
डुमरियाको सहिद सूर्यनाथ रान अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि
- २०८० मङ्सिर १८ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि
पूरा पढ्नुहोस्