खँसी भनेर बाख्राको मासु बेच्ने एक पसले पक्राउ
उपभोक्ताहरुको व्यापक गुनासो आए पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराको टोलीले छापामारेको थियो । उपभोक्तालाई खसी भनेर बाख्रा बेचेर ठगि गर्दै आएका देवान सहित बाख्राको मासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

२०८० मंसिर १६ शनिबार, दिउँसो ४:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । खँसको मासु भनेर उपभोक्तालाई बाख्राको मासु बेच्ने एक जना पसलेलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको जीतपुरमा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका हुन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा खसी भनेर बाख्रा बेचेर ठगि गर्ने एक जना पक्राउ परेका हुन् ।
स्थानिय मिश्री देवानले संचालन गरेको मुस्कान सप्लायर्स एण्ड फ्रेस हाउसमा प्रहरीले छापा हान्दा बाख्राको मासुमा खसीको अण्डकोष चाटेसर बेचेको पाइएको थियो ।
उपभोक्ताहरुको व्यापक गुनासो आए पछि ईलाका प्रहरी कार्यालय जीतपुर र सिमराको टोलीले छापामारेको थियो ।
उपभोक्तालाई खसी भनेर बाख्रा बेचेर ठगि गर्दै आएका देवान सहित बाख्राको मासुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…