जनकपुरः आफ्नै श्रीमतिलाई पेस्तोल देखाएर गोली मार्ने धम्की दिने ठाकुर पक्राउ
सुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

२०८० मंसिर १६ शनिबार, बिहान १०:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै श्रीमतिलाई कुटपिट गरी पेस्तोल देखाएर गोली हान्ने धम्की दिने एक पुरुष पक्राउ परेका छन् ।
श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने धम्की दिइरहेका धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्ला बस्ने ५१ वर्षीय रामईश्वर ठाकुरलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
शुक्रबार करिब ५ः३० बजेको समयमा आफ्नै श्रीमती ५० वर्षीया रामकाशी देवी ठाकुरलाई कुटपिट गर्ने र हतियार देखाई ज्यान मार्ने धम्की दिइरहेका थिए ।
सुचना पाएपछि इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट पुगेको प्रहरी टोलिले उनको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…