नगरपालिकाका कर्मचारीले बदनीयतपूर्ण छोराको कापी खोसेको भन्दै पत्रकार साहले दिए अनसन बस्ने धम्की
साहले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमु, उपप्रमुख, जिल्ला प्रशासन कार्यालय सिरहा, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखालाई बोद्यार्थ पठाएका छन्।

२०८० मंसिर १३ बुधबार, राति ८:५२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष गणेश प्रसाद साहले कर्मचारी परीक्षामा नगरपालिकाको कर्मचारीले बदनीयतपूर्ण र पूर्वाग्रह रुपमा छोराको कापी खोसेको भन्दै नगरपालिकामा अनसन बस्ने चेतावनी दिएका छन् ।
सिरहाको गोलबजार नगरपालिकामा कर्मचारी भर्नाको लागि निकालिएको विज्ञापन अन्तर्गत परीक्षाको क्रममा नगरपालिकाको कर्मचारीले बदनियतपूर्ण आफ्नो छोराको कापी खोसेको भन्दै कारवाहीको माग गर्दै अनसन बस्ने चेतावनी दिएको हो ।
गोलबजार नगरपालिका ४ का गणेश प्रसाद साहले तीनबुदे माँगसहित गोलबजार नगरपालिकामा बुधबार अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको हो।
साहले व्यक्तिगत रिसीविका कारण कर्मचारी भर्नाको लिखित परीक्षामा सहभागी छोराको उत्तरपुस्तीका नियन्त्रणमा लिएको भन्दै सो परीक्षा पुनः गर्नुपर्ने माँगसहित ज्ञापनपत्र बुझाएका हुन्।
साहले २०८० मंसिर ९ गते सञ्चालित परीक्षा रद्ध गरी उक्त परीक्षा पुनः सञ्चालन गरिनु पर्ने, वदनियत गर्ने कर्मचारी निरञ्ज शाक्यलाई प्रशासन प्रमुखबाट तत्काल हटाई स्वास्थ्य सेवा तर्फ पठाउनु पर्ने, वदनियतपूर्ण तरिकाले उत्तरपुस्तिका खोस्ने कार्य गरेकाले कर्मचारीलाई छनोट प्रकृयामा अव उपरान्त सामेल गराउन नहुने माँग गरेको छ।
ज्ञापनपत्रमा उल्लेखितमाँग आउँदो शुक्रवार १५ गतेसम्मा पुरा नभए मंसिर १७ गते आईतबार १० बजेबाट त्यस नगरपालिकाको प्राङ्गणमा आवरण अनसन बस्ने चेतावनी दिएको हो ।
साहले बुझाएको ज्ञापन पत्रमा ‘नगरपालिकाले कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रीतपूर्वक आवदेन दिई प्रवेश पत्र प्राप्तगरी लिखित परीक्षामा सामेल भएको मेरो छोरा राजा बाबु साहले परीक्षा दिईरहँदा परीक्षा सञ्चालकको रुपमा खटिएका त्यस नगरपालिकाका कर्मचारी निरञ्जन शाक्यले व्यक्तिगत रिसीवी साध्न पूर्वाग्रही भएर विना कारण मेरो छोरोको कापी (उत्तर पुस्तीका) खोसेर लेख्न नदिई करिव १५ मिनटसम्म कपि नियन्त्रणमा लिएर विलम्ब गराई परीक्षामा असफल गराउने कुत्सित नियत र व्यवहारको प्रदर्शन गरेका छन्। उत्तर पुस्तीका खोसिएका कारण मेरो छोराले पर्याप्त उत्तर लेख्ने समय नपाउँदा अन्यायमा परेका छन्।’ भन्ने उल्लेख गरिएको छ।
साहले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमु, उपप्रमुख, जिल्ला प्रशासन कार्यालय सिरहा, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासंघ मधेश प्रदेश शाखालाई बोद्यार्थ पठाएका छन्।
यता, आरोप लगाईएका कर्मचारी शाक्यले परीक्षाको सबै सिसिटिभी फुटेज सुरक्षित रहेको बताउँदै व्यक्तिगत रिसबईको कुनै कारण नरहेको बताए । शाक्यले साहको आफूसँगै कुनै परिवारिक रिसबईको कारण मिथ्या आरोप लगाई मानहानी गर्न खोजेको बताए । उनले पत्रकारको नाममा आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताए ।
केही महिना अगाडी पत्रकार साहकी श्रीमतिले विभिन्न लघुवित्त, वित्तिय सँस्थाहरुबाट ऋण उठाएर गाउँघरमा मिटरब्याजीको काम गर्दै आएकोमा मिटरब्याज सम्बन्धी मुद्दामा उनको भाईले गवाही दिएपछि रिसबी गरेको बताए । सोही दिनदेखि पत्रकार साहले आफूमाथि रिसबीको नजरीयाले हेर्न थालेको बताए । यसमा आफ्नो कुनै दोष नरहेपनि परिवारिक मुद्दालाई कार्यालयसम्म ल्याउन अनुचित भएको बताए ।
शाक्यले परीक्षा भएको दिनको सबै सिसिटिभी फुटेज सुरक्षित राखिएको बताए । परीक्षा सँचालनको नियम विपरित गतिविधि गरेपछि उनको छोराको कापी नियम बमोजिम नै १५ मिनेटसम्म होल्ड गरिएको दाबी गरे । उनले प्रमाण जतिबेला पनि दिन तयार रहेको बताए ।
शाक्य स्वास्थ्य सेवाका कर्मचारी हुन्। उनले हाल नगरपालिकाको प्रशासन सहित राष्ट्रिय भूमि आयोग सेवा केन्द्र क्षेत्रमा कार्यरत छन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…