धनुषाधाममा ४५ दिने सिलाई कटाई तालिम सुरु
विनय कुमार यादव | जनकपुरधाम, १९ जेठ । धनुषाको धनुषाधाम नगरपालिकामा आजदेखि ४५ दिने सिलाई कटाई तालिम सुरु भएको छ । नगरपालिकाको वडा नं. ५ मा धनुषाधाम नगरपालिकाको सहयोगमा स्थानीय दलित युवा सञ्जाल केन्द्रले उक्त सिलाई कटाई तालिम सँचालन गरेको हो । शनिबार देखि सँचालन भएको सिलाई कटाई तालिममा स्थानीय विपन्न,

२०७५ जेठ १९ शनिबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, १९ जेठ । धनुषाको धनुषाधाम नगरपालिकामा आजदेखि ४५ दिने सिलाई कटाई तालिम सुरु भएको छ ।
नगरपालिकाको वडा नं. ५ मा धनुषाधाम नगरपालिकाको सहयोगमा स्थानीय दलित युवा सञ्जाल केन्द्रले उक्त सिलाई कटाई तालिम सँचालन गरेको हो ।
शनिबार देखि सँचालन भएको सिलाई कटाई तालिममा स्थानीय विपन्न, दलित, सीमान्तकृत, अल्पसँख्यक, समुदायका महिलाहरुलाई सहभागीता गराइएको हो ।
गैर सरकारी सँस्था दलित युवा सञ्जाल केन्द्रका अध्यक्ष विशेश्वर मण्डलको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या देवी भुजेलको प्रमुख आतिथ्यमा उक्त सिलाई कटाई तालिमको शुभारम्भ गरिएको हो ।

कार्यक्रमलाई उद्घाटन गर्दै उपमेयर भुजेलले विपन्न महिलाहरुलाई सहभागी गराएर उनीहरुको जीवन उकास्न मदत गर्ने भएकोले सँस्थाका अध्यक्ष मण्डललाई प्रशँसा गरिन् ।
४५ दिने सिलाईकटाई तालिमबाट सहभागी महिलाहरुले आफ्नो जीविका सहज बनाउन सकिने विश्वास व्यक्त गरिन ।
अल्पसँख्यक, दलित, सीमान्कृत समुदायकी महिलाले सहभागीता जनाएर उनीहरुले स्वरोजगारीलाई थप मजबुत बनाउने बताइन ।
स्वरोजगारी गरेर परिवार पाल्न सक्ने क्षमताको विकास पनि यसैबाट हुने भन्दै उनले आर्थिक अवस्था समेत मजबुत हुने बताइन् ।
सिलाई कटाई तालिममा वडाकी २० जना महिलाहरुलाई सहभागी गराइएको छ ।
वडाध्यक्ष ईन्द्र कुमार महतोको विशेष आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा स्थानीय बुद्धिजीवी, सहभागी महिलाहरु, युवाहरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…