हाम्रो पार्टीको सरकारको पालामा कमला पूल भाँसिएको भए ठेकेदार जेलमा हुन्थ्योः रवि लामिछाने
सो क्रममा कमला बचाउ अभियानलाई सहयोग गरेका ई. सतिष गोईत, कमला युवा सँजाल, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, बुद्धिजीवी एवम् शिक्षक उपेन्द्र यादव, सँचारकर्मी, अभियानीसहित सयौँको सँख्यामा श्रद्धालुहरुले लामिछानेलाई स्वागत गरे ।

२०८० मंसिर ११ सोमबार, राति ८:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले धनुषा र सिरहा जोडने कमला पूल बनाउने ठेकेदारलाई जेलमा हुनुपर्ने बताएका छन् ।
कार्तिक पूर्णिमाको अवसरमा कमला स्नान गर्न धनुषाको बडेर्वा घाट पुगेका लामिछानेले आफ्नो पार्टीको सरकार बनेको बेला कमलाको भाँसिएको पूल बनेको भए ठेकेदार जेलमा हुन्थ्यो प्रतिक्रिया दिए ।
कमला जलाधार संरक्षण अभियान (कमला बचाउ अभियान) को आयोजनामा धनुषा र सिरहा जोडने बहुप्रतिक्षित कमला पुलको तल तुलसी चौडा घाटमा आयोजना गरिएको महा कमला आरतीमा पुगेका अध्यक्ष लामिछानेले आफू हुलाकी राजमार्ग र भाँसिएको कमला पूलको पुनः निर्माणको लागि सँसदमा आवाज उठाउने प्रतिवद्धता जाहेर गरे ।
कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको अध्यक्षता तथा लामिछानेको प्रमुख आतिथ्यमा कार्तिक देवता मेलाको अवसरमा आयोजना गरिएको महाकमला आरतीमा लामिछानेले आफू ऐतिहासिक कमला नदीमा स्नान गरेर धन्य भएको बताए । उनले कमलाको धार्मिकतालाई गुणगान गरे ।
सो क्रममा कमला बचाउ अभियानलाई सहयोग गरेका ई. सतिष गोईत, कमला युवा सँजाल, कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डल, बुद्धिजीवी एवम् शिक्षक उपेन्द्र यादव, सँचारकर्मी, अभियानीसहित सयौँको सँख्यामा श्रद्धालुहरुले लामिछानेलाई स्वागत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…