कमलामा देवता मेला भर्न हजारौँको सँख्यामा भक्तजन कमला नदी पुग्दै, भोली कमला स्नान
कमला स्नानलाई भूतमेला भनिएपनि बुद्धिजीवी जानकारहरुले यसलाई भूतमेला नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाई अर्थात देवता पित्तर शुद्धिकरणको लागि कमला स्नान गर्ने भएको हुँदा देवमेला भन्न आग्रह गरेको हो ।

२०८० मंसिर १० आइतबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कात्तिक पूर्णिमाको अवसरमा धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा अनौठो ‘देवता मेला’ लाग्छ । मेलाका लागि धामीझाँक्री, भगता र सर्वसधारणहरु घरबाट हिँडेका छन् ।
धनुषा र सिरहाका गाउँ–गाउँबाट भगताहरु ‘घरको कुलदेवता’ खेल्दै कमला घाटतर्फ गइरहेको देख्न सकिन्छ । आज हिँडेकाहरु राति कमलामै बास बस्छन् । भोलि स्नान र पूजापाठपछि दहीच्यूरा खाएर फर्किन्छन् ।
कात्तिक पूर्णिमाको दिन स्नान, दान र ब्रत गर्नाले मुक्ति मिल्ने जनविश्वास छ । कमला नदीलाई गंगा सरह मानिन्छ । त्यसैले, यो नदीमा कात्तिक पूर्णिमा अर्थात् भोलि बिहान लाखौं मानिस स्नान गर्ने भएको छ ।
कमला स्नानलाई भूतमेला भनिएपनि बुद्धिजीवी जानकारहरुले यसलाई भूतमेला नभन्न आग्रह गरेका छन् । कमला नदीमा भूतप्रेत नभई घर गोसाई अर्थात देवता पित्तर शुद्धिकरणको लागि कमला स्नान गर्ने भएको हुँदा देवमेला भन्न आग्रह गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…