इलाम बस दुर्घटनामा जनकपुरका तीन जनाको मृत्यू पुष्टि, दुई जना भेन्टिलेटरमा 

२०८० मङ्सिर ४ सोमबार
बेलुकी ७:२० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा ज्यान गएको हो ।

हिजो आइतवार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र त्यही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा ज्यान गएको हो ।  दुर्घटनामा आइतवार बेलुकी वडा नं–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएको थियो।

धनुषाको धारापानीबाट इलाम घुम्न गएका स्थानीय टोली चढेको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ  । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ ।

  • 0%
  • 0%
  • 1%
  • 0%
  • 97%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० मङ्सिर ४ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus