इलाम बस दुर्घटनामा जनकपुरका तीन जनाको मृत्यू पुष्टि, दुई जना भेन्टिलेटरमा
धनुषाको धारापानीबाट इलाम घुम्न गएका स्थानीय टोली चढेको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८० मंसिर ४ सोमबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको उपचारका क्रममा ज्यान गएको हो ।
हिजो आइतवार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका–९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र त्यही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा आइतवार बेलुकी वडा नं–९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै ज्यान गएको थियो।
धनुषाको धारापानीबाट इलाम घुम्न गएका स्थानीय टोली चढेको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएका ३३ जनाको अहिले बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका–२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…