
न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको भडरिया प्रहरी चौकीका असई अनिल कुमार सिँहले राजाशैली देखाएको आरोप स्थानीयहरुले लगाएका छन् ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरियाचोकस्थित रहेको प्रहरी चौकीका ईन्जार्च समेत रहेका असई सिँहले स्थानीयहरुसँग राजाशैलीको व्यवहार गरेको आरोप लगाएका छन् ।
कुनै घटना प्रतिघटना हुँदा असई सिँहलाई फोन गर्दा नआउने, घटनाको बारेमा चासो नलिने, चौकीमा भेटन जानेसँग अभद्र व्यवहार गर्ने जस्ता शैलीमा प्रस्तुत भएको आरोप उनीमाथि स्थानीयहरुले लगाएका छन् ।
सिँहले स्थानीयहरुसँग राजवंशी व्यवहार गर्ने गरेको आरोप छ । विवाद, झै झगडा हुँदा पटक पटक फोन गर्दा नआउने प्रवृतिले स्थानीयहरु आजित छन् । प्रहरी प्रशासन नै सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै सिँहको सरुवाको माग गर्दै यस्ता प्रहरी नचाहिने पनि बताए ।
गएराती धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरियास्थित बजारमा झगडा हुँदा उनलाई पटक-पटक फोन गरेपनि उनले मोबाईल अफ गरेर राख्दा स्थानीयहरु आक्रोसित भए । सो क्रममा एक जना गम्भिर घाईते भएपनि उनले करिब ४ घण्टापछि मात्र घटनास्थल पुगेपछि स्थानीयहरुले उनी विरुद्ध नारावाजी गरेका थिए । प्रहरीचौकीकै अगाडी झगडा हुँदा पनि असई सिँहले मोबाईल अफ गरेर बाहिर घुम्न गएको कारण विवाद बढेपछि घटना भएको बताईएको छ ।
असई सिँह विरुद्ध नाराबाजी गरेपछि मात्र असई घटनास्थल पुगेको आरोप छ । विवाद हुनुभन्दा अगावै उनलाई पटक पटक फोन गर्दा उनले प्रहरी नपठाउँदा दुईतर्फा झडप भएको आरोप उनीमाथि छ । समयमै आएको भए घटना नै नहुने थियो भनेर स्थानीयहरुले घटनाको दोषी असई सिँहलाई ठहराएका हुन् ।
यता, असई सिँहले आफूलाई यहाँ आएको भर्खर एक महिना मात्र भएकोले कसैसँग चिनजान नभएकोले यस्तो भनेको हुनुपर्ने बताए । उनले आफूसँग धेरै सर्वसाधारण, राजनीतिक दलका अगुवा, नागरिक समाजका अगुवाहरुको अपेक्षा हुँदैमा कानुन विपरितका कार्यहरु गर्न नसकिने भएपछि यस्तो आरोप लगाएको हुन सक्ने बताए । उनले सो आरोपको खण्डन गर्दै हाजिरी भएको एक महिना मात्र भएकोले विस्तारै सबैसँग चिनजान र यहाँको अवस्थाबारे जानकारी लिन लागेको बताए ।
भारतबाट ड्रग्स तस्करीको जिज्ञासामा समेत उनले यहाँ सशस्त्र प्रहरी, नेपाली सेना र जनपद प्रहरी समेतको ड्युटी रहेकोले यस्ता अवस्था सृजना नहुने बताउँदै चाडपर्वको कारणले स्थिति समान्य नभएपनि अब ड्युटीमा पूर्ण खटिने बताए ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८० मङ्सिर ४ सोमबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्