धनुषाको यदुकूहामै बजाज शोरुम उद्घाटन, पूर्वी भेकका जनतालाई सहज
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । पूर्वी धनुषाको यदुकूहामा बजाज शोरुमको शुभारम्भ गरिएको छ । शहिदनगर नगरपालिका वडा नं. ३ बजारमै ईलाका प्रहरी कार्यालय अगाडी बजाज मोटरसाईकल शोरुमलाई प्रदेश सभा सदस्य राम अशिष यादवले उद्घाटन गरेका हुन् । संघीय समाजवादी फोरम नेपालका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं. २

२०७५ जेठ १९ शनिबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १९ जेठ । पूर्वी धनुषाको यदुकूहामा बजाज शोरुमको शुभारम्भ गरिएको छ ।
शहिदनगर नगरपालिका वडा नं. ३ बजारमै ईलाका प्रहरी कार्यालय अगाडी बजाज मोटरसाईकल शोरुमलाई प्रदेश सभा सदस्य राम अशिष यादवले उद्घाटन गरेका हुन् ।
संघीय समाजवादी फोरम नेपालका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित प्रदेश नं. २ का बिधायक राम अशिष यादवले रिबन काटेर बजाज शोरुमको उदघाटन गरेका हुन् ।

निराला अटोममोबाइल सेन्टरद्धारा शुभारम्भ गरिएको बजाज शोरुमको स्थापनापछि पूर्वी भेकका ग्राहकहरुको लागि अति सहज भएको सँचालक उमेश कुमार निरालाले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य यादवले पूर्वी भेकका सर्वसाधारणलाई मात्र होईन की यहाँदेखि उत्तरी दक्षिणी भेकका जनताहरुले समेत उत्तम सेवा पाउने बताए ।
बढदै गएको प्रविधिसँगै यातायातको साधानका लागि नजिकैमा शोरुम भएपछि नयाँ मोटरसाईकल किनबेच र सर्भिसिँगको लागि समेत उत्तम र समयको बचत हुने विश्वास जाहेर गरे ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अरुन सिह मण्डल , फोरम नेपालका नेताहरु बरुन यादव , बिनोद रोहिता , दिनेश कुमार यादव , रामेश्वर यादव , उपेन्द्र ठाकुर लगायतका नेताकार्यकर्ता को उपस्तिथि रहेको थियो ।
कार्यक्रममा बजाज कम्पनी बाट सुदिप पाण्डे , त्रिभुवन झा लगायतका व्यक्तिहरुको उपस्थित थियो भने जनकपुर उधोग बाणिज्य संघको अध्यक्ष ललित कुमार साहको विशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…