धनुषाधाममा जनमतको शुभकामना आदान प्रदानसहित दर्जनौले गरे पार्टी प्रवेश
कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले नवप्रवेशी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन्। जसपा नगर समितिका सचिब रामपुकार यादवको नेतृत्वमा जसपाका र नेकपा एमालेसहित ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।

२०८० कार्तिक ३० बिहीबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टी धनुषाद्वारा धनुषाधाममा आयोजित शुभकामना आदान प्रदान एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलको अध्यक्षता तथा जनमत पार्टीका रास्ट्रीय सचिब बिपी साहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले नवप्रवेशी नेताकार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरेका छन्। जसपा नगर समितिका सचिब रामपुकार यादवको नेतृत्वमा जसपाका र नेकपा एमालेसहित ५० जनाभन्दा बढी नेता कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।
विभिन्न पालिकाका नगर संयोजक लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु शुभकामना व्यक्त गरेका थिए ।
जसपा पार्टी धनुषाधाम नगर कमिटीका नगर सचिव रामपुकार यादव लगायत दर्जनौं बढी युवाहरु जनमत पार्टी प्रवेश गरेका छ्न । नव प्रवेशीहरुलाई फुलमाला लगाए प्रमुख अतिथि साहले स्वागत गरेका थिए ।
सो कार्यक्रममा जनमत पार्टी तर्फका धनुषाधाम नगरपालिका मेयर प्रत्यासी अमृत महतो,जिल्लाका नेताहरु केन्द्रिय नेताहरु लगायत बिद्यार्थी संघका नेताहरुको व्यापक उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…