
न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिँदा धनुषाका दुई युवकको मृत्यू भएको छ ।
मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय राजेश ठोकर र गणेशमान चारनाथ नगरपालिका वडा नं. २ का अन्दाजी १८ वर्षीय टेमा मोक्तान रहेका छन् ।
सोमबार राति करिब पौने १ बजे ढल्केवरदेखि पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बिबि ८१४७ नम्बरको ट्रकले ज ११ प १२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उनीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको तर चालक भने फरार भएको प्रहरीले जनाएको छ। चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ।
तराईको गर्मीमा आँखाको हेरचाह कसरी गर्ने ?
- २०८० कार्तिक २९ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ। संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका
पूरा पढ्नुहोस्