सिडिओ–एसपीलाई गुमराहमा पारी रौतहटका नाकाहरुमा घुमुवा र चौकी ईन्चार्जले खोले तस्करीको लाईन

२०८० कार्तिक २९ बुधबार
बिहान ०८:१५ बजे
संजय सहनी, रौतहट

न्यूज ब्यूरो, रौतहट । रौतहटको विभिन्न सिमाबर्ति नाकाबाट तस्करी हुन थालेको जन गुनासो  बढ्दै गएको बेला पनि प्रहरीका घुमुवा र चौकी ईन्चार्जले तस्करीको लाईन खोलेको छ । 

भारत र नेपालको खुल्ला सिमा नाकाको फाईदा उठाउदै विभिन्न चोर( नाकाबाट  तस्करी कार्य तीब्र गतिका साथ अघि बढेको विषयले चर्चा पाएको हो।

पछिल्लो समय जिल्लाको विभिन्न सिमा नाकाको चोर बाटो हुँदै गाई  गोरु,लत्ताकपडा ,कस्मेटिकआईटम ,चिनी ,तेल ,मल,हार्डबेयर,केराउ,सुपारी ,चामल सहित विभिन्न  सामाग्रीको तस्करी गरि बिना भन्सार नेपाल (भारत गर्ने तस्करहरु चल्ति चलेको स्थानीयको भनाई छ।

स्रोतका अनुसार  लक्ष्मिपुर बेलबिछवा , महादेव पट्टी ,टिकुलिया बाध ,लालबकैया बगर ,बन्जरहा ,औरैया,मठिया  ,डुमरिया परोहा,राजपुर  ,बन्कुल र नरकटिया भएर तस्करहरुले विभिन्न सामाग्रीको तस्करी गरि  भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने कामलाई बढावा दिएको हो।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुलाई गुमराहमा पारी सिभिल टोली र चौकी इन्चार्जले चर्चित तस्करहरुलाई तस्करीको लागि लाईन खोलेको स्रोतको भनाई छ।

मासिक लाखौं अबैध रकम लिई सिभिल टोलीले लाईन दिएको खबर केहि दिन अगाडि एक संचार माध्यममा आएको थियो।यस बिसय प्रति सम्बन्धि निकाय गम्भीर हुनु जरुरी रहेको स्थानीय बुद्धिजीवीहरुको माग छ।

तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व संकलन कार्यमा प्रभाव पर्दै छ भने अर्को तिर सुरक्षा निकायको प्रमुखको भुमिका माथि प्रश्न चिन्ह उठने विषय बनेको छ।

सानोतिनो ब्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला ब्यापारीहरुले भारतबाट रातारात लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छ ।

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहट चन्द्रपुर ,कटहरिया ,गरुडा र बाराको निजगढ  सम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक ब्यापारीले बताएका छन् ।

चोर नाका बाट मात्रै होईन,एउटै प्रज्ञापन पत्र देखाएर दुई तिन चोटी माल सामान छिराउने कार्य गौर भन्सार नाकाबाट भईरहेको स्रोतले जनाएको छ।

पहिला पोकापोकी तस्करी हुन्थ्यो ,अहिले पिकअप र ठुल ठुला सवारी साधनको प्रयोगले तस्करी कार्यलाई रौतहटको नाम चलेका तस्करले बढावा दिएको स्रोतको दाबी छ।

  • 0%
  • 78%
  • 0%
  • 11%
  • 0%
  • 11%

भारतको विधानसभा चुनावमा पाँचमध्ये तीन प्रदेशमा मोदीको पार्टी BJP को भारी बहुमत, तेलँगानामा काँग्रेस

  • २०८० कार्तिक २९ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  भारतमा विधानसभा निर्वाचनको मतगणना जारी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले तीन प्रदेशमा बहुमतको सिट ल्याएको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले बहुमत पाएको छ ।

पूरा पढ्नुहोस्

Bureau Menus