तिहारको आज चौथो दिन, गोवद्र्धन पूजा मनाईदैँ 

२०८० कार्तिक २८ मंगलबार
बिहान ०९:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईको भनाइ छ।

गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशमा प्रयाप्त मलखाद भएपनि प्रदेश सरकार कालाबजारीमाः पूर्व कृषिमन्त्री कुशवाहा

  • २०८० कार्तिक २८ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका पूर्व कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले पर्याप्त मल खाद्य भएपनि प्रदेश सरकार कालाबजारी गरिरहेको आरोप लगाएका छन् ।  प्रदेशसभामा बोल्दै पूर्वमन्त्री कुशवाहाले आफू मन्त्री रहेकै बेला

पूरा पढ्नुहोस्

Bureau Menus