प्रभुकी पत्नीकी मेयर पद पुनः फर्कियो
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।

२०८० कार्तिक २५ शनिबार, बिहान ७:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । सर्वोच्च अदालतले रौटहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशसँगै तत्कालका लागि साहको पद पुनर्बहाली भएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्नेमा निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।
२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा एमालेबाट प्रमुख जितेकी साहले पार्टी छाडेपछि उनीमाथि कारबाही भएको थियो । निर्वाचन आयोगले एमालेको कारबाहीअनुसार साहलाई पदमुक्त गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत गएकी थिइन् ।
अदालतले साहको मुद्दामा कारण देखाउ आदेश पनि जारी गरेको छ । एमालेबाट निर्वाचित भएकी साह एमाले छाडेर स्वतन्त्र उठेका प्रभु साहको आम जनता पार्टीमा संलग्न भएपछि आयोगले पदमुक्त गर्ने निर्णय गत असोज ३० गते गरेको थियो ।
सर्वोच्चको अन्तरिम आदेशमा दलत्याग गरेको नदेखिएको र अर्को दलको सदस्यता लिएको आधिकारिक आधार प्रमाण पेस नभएको उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…