हरेक क्षेत्रलाई समेटी विकास गर्नु आवश्यकः नेता ढुंगाना
प्रमुख अतिथिको आसन्न बाट नेता ढुंगानाले भने–“वास्तवमा देशमा परिवर्तन भएको छ,आफ्नै अधिकारका लागि खुल्ला रुपमा बोल्न नसक्ने ठाउँमा अहिले खुलेर बोल्न पाउछन् परिवर्तन भएको महसुस हुन्छ साथै भन्ने विकासमा हरेक क्षेत्र लाई समेटी विकास गर्नु पर्नु छ मन्दिर मस्जिद संगै दैनिक जिवनमा फाईदा हुने क्षेत्रमा बढी जोड दिनुपर्छ ।

२०८० कार्तिक २४ शुक्रबार, बिहान ११:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता आनन्द प्रसाद ढुँगानाले हरेक क्षेत्रलाई समेटेर विकास गर्नुपर्ने बताएका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ स्थित मुस्लिम समुदायको भवन शिलान्यास कार्यक्रममा हरेक क्षेत्रलाई समेटी विकास गर्नुपर्ने उनले बताए ।
वडा उपसभापति देबनारायाण दाहाको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस पार्टीको केन्द्रिय अनुशासन समिती सभापति एवं पुर्वमन्त्री आनन्द प्रसाद ढुंगानाको प्रमुख अथितिमा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथिको आसन्न बाट नेता ढुंगानाले भने–“वास्तवमा देशमा परिवर्तन भएको छ,आफ्नै अधिकारका लागि खुल्ला रुपमा बोल्न नसक्ने ठाउँमा अहिले खुलेर बोल्न पाउछन् परिवर्तन भएको महसुस हुन्छ साथै भन्ने विकासमा हरेक क्षेत्र लाई समेटी विकास गर्नु पर्नु छ मन्दिर मस्जिद संगै दैनिक जिवनमा फाईदा हुने क्षेत्रमा बढी जोड दिनुपर्छ ।
सो कार्यक्रममा प्रदेश सांसद संजय महतो,धनुषाधाम नगर प्रमुख बालेश्वर मण्डल, वडा नं ५ का अध्यक्ष इन्द्रकुमार महतो लगायतका स्थानीयहरुको व्यापक उपस्थिति रहेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…