भुकम्प पीडितको लागि जनकपुरबाट राहत समाग्री लिएर पुगे अभियन्ता रियाज
रियाज र उनको टिमले काठमान्डौँबाट दुई ट्रक खाद्यान्न समाग्री लिएर जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । विनाशकारी भुकम्पपछि मधेश प्रदेशबाट राहत समाग्रीहरु निरन्तर पठाईरहेको छ ।

२०८० कार्तिक २३ बिहीबार, बिहान १०:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट ३२ घण्टापछि भुकम्प प्रभावित क्षेत्रमा अभियन्ता रियाज साफी राहत समाग्री लिएर पुगेका छन् ।
जाजरकोटमा गएको विनाशकारी भुकम्पले प्रभावित पीडित परिवारलाई राहत बाँडनको लागि जनकपुरबाट जाजरकोट पुगेका हुन् । विभिन्न आपद विपदमा सहयोग गर्दै आएका रियाज भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका हुन् ।
रियाज र उनको टिमले काठमान्डौँबाट दुई ट्रक खाद्यान्न समाग्री लिएर जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् । विनाशकारी भुकम्पपछि मधेश प्रदेशबाट राहत समाग्रीहरु निरन्तर पठाईरहेको छ ।
हिमाल, पहाड तराई, कोही छैन पराई मर्मलाई आत्मसात गर्दै उनको टिमले राहत समाग्री लिएर पुगेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…