मृतक आरतीलाई न्याय दिलाउन भोलि रौतहट र माइतीघरमा बृहत् विरोध प्रदर्शनको घोषणा
न्यूज ब्यूरो, काठमाडौँ । आरती साहको न्यायको लागि रौतहट र माइतीघरमा विरोध प्रदर्शनको घोषणा गरेको छ। न्यायको माग गर्दै लामो समय देखि बसिरहेका मृतक आरतीको परिवारलाई न्याय दिलाउन भोलि रौतहटका न्याय प्रेमी युवाहरूले रौतहटको सदरमुकाम गौर स्थित विपी चौक र काठमाडौंको माइतीघरमा बृहत् नागरिक आन्दोलनले शान्ति

२०८० कार्तिक १२ आइतबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । आरती साहको न्यायको लागि रौतहट र माइतीघरमा विरोध प्रदर्शनको घोषणा गरेको छ।
न्यायको माग गर्दै लामो समय देखि बसिरहेका मृतक आरतीको परिवारलाई न्याय दिलाउन भोलि रौतहटका न्याय प्रेमी युवाहरूले रौतहटको सदरमुकाम गौर स्थित विपी चौक र काठमाडौंको माइतीघरमा बृहत् नागरिक आन्दोलनले शान्ति पूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ।
आरती साहलाई न्यायको माग गर्दै पीडित परिवार धर्ना बसेको आज १३५ पुगेको छ। दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार विगत गत असार १ गतेदेखि निरन्तर काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेको हो।
सरकार र सरकार सँग सम्बन्धित निकायहरू "भोलि", "दुई दिन पछि", "दशैंपछि" भन्दै पीडित परिवारको बिवसताको मजाक बनाई रहेका छन्। एउटा सिङ्गै परिवार आफ्नो मृतक छोरीको निम्ति लामो समय देखि न्यायको माग गरिरहँदा समेत सरकार मुख दर्शक भएको कारण भोलि रौतहट र काठमाडौँको माइतीघरमा शान्ति पूर्ण विरोध प्रदर्शनको घोषणा गरेको छ । यद्यपि सरकारले हाल सम्म कुनै पनि ठोस निर्णय लिन सकेको छैन् ।
यसैबीच उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति र ससुरालाई साधारण तारेखमा रिहा गरेको छ। मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।


कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…