जनकपुरः पेस्तोल लिएर एक किशोरी पक्राउ
प्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ वटा भारतीय सिम र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ बरामद भएको हो ।

२०८० कार्तिक ८ बुधबार, बिहान ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन्। जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले किशोरीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नम्बर ९ बस्ने पप्पु सहनीको छोरी अन्दाजी वर्ष १६ की पुजा कुमारी सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रेल्वे सुरक्षा बेश जनकपुरबाट खटेको सशस्त्र प्रहरी टोलिले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल, नेपाली ६५ रुपैया, १ वटा भारतीय सिम र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ बरामद भएको हो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाममा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…