जनकपुरको राजदेवी मन्दिरमा 'नो टीका, नो एन्ट्री' , दर्शनको लागि टीका अनिवार्य
विश्व हिन्दु परिषद जनकपुरका मोहन साहले राजदेवी मन्दिरमा टीका लगाएर मात्र प्रवेश पाउने जनाएको छ । राजदेवी मन्दिरमा हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि सिसिटिभीको निगरानी समेत गरेको भन्दै टिकटोक, रिल्समा अभद्र व्यवहार, उच्छृँगल गतिविधि गर्नेलाई सिसिटिभकै आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको हो ।

२०८० कार्तिक १ बुधबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टीका बीना मन्दिर प्रवेश निषेध गरिएको छ ।
दर्शन पूजाका लागि जाने गरेको दर्शनार्थीहरुलाई मन्दिरको प्राँगन प्रवेश गर्नको लागि पहिले टीका अनिवार्य लगाउनुपर्ने नियम जारी गरिएको छ ।
आयोजक समिति महावीर युवा कमिटी तथा विश्व हिन्दु परिषद्को समन्वयमा राजदेवी दर्शनको लागि निधारमा टीका अनिवार्य हुनुपर्ने सूचना जारी गरेको हो ।
देवी दर्शन गर्न जाँदा मूल द्धारमै रातो टीका लगाउनुपर्ने हुन्छ । टीका नलगाएर भित्र छिर्न नपाउने व्यवस्था गरेको हो ।
विश्व हिन्दु परिषद जनकपुरका मोहन साहले राजदेवी मन्दिरमा टीका लगाएर मात्र प्रवेश पाउने जनाएको छ । राजदेवी मन्दिरमा हुन सक्ने उच्छृँगल गतिविधिलाई नियन्त्रणको लागि सिसिटिभीको निगरानी समेत गरेको भन्दै टिकटोक, रिल्समा अभद्र व्यवहार, उच्छृँगल गतिविधि गर्नेलाई सिसिटिभकै आधारमा कारवाही गर्ने चेतावनी समेत दिएको हो ।
मन्दिरमा आस्था भन्दा पनि टिकटोक बनाउने, फोटो खिचाउने मात्र फैशन बढेपछि साहले अनिवार्य टीकाको प्रावधान लागू गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…