क्रसर माफियालाई समाजसेवी भन्दै मधेश प्रदेश प्रहरीले गरे सम्मान, नेपाल प्रहरीको छविमा दाग ?
तिरुपति कन्सट्रक्सनका सँचालक रहेका ठेकेदार राजेन्द्र यादवलाई कैयौँ पटक अवैद्य र गैर कानुनी कार्यको लागि जरिवाना तिर्नु परेको प्रहरी रेकर्ड छ । जिल्ला समन्वय समितिबाट समेत उनी सँचालक रहेको तिरुपति कन्सट्रक्सनबाट लाखौँ रुपैयाँ जरिवाना तिरेको रेकर्ड रहेको छ ।

२०८० असोज ३० मंगलबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लामा क्रसर माफियाको नामले चिनिएका एक क्रसर ठेकेदारलाई मधेश प्रदेश प्रहरीले सम्मान गरेको छ ।
प्रहरी दिवस २०८० को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको एक समारोहबीच क्रसर माफिया भनिएका सिरहाका राजेन्द्र यादवलाई सम्मान गरिएको छ ।
मधेश प्रदेश प्रहरीका डिआईजी जनक भट्टराईले क्रसर माफिया यादवलाई मँगलबार सम्मान गरेको हो । सिरहाको घुर्मी खोलाबाट अवैद्य उत्खनन गरी क्रसर चलाउँदै आएका तिरुपति कन्सट्रक्सनका सँचालक एवम ठेकेदार यादवलाई प्रहरी दिवसमै सम्मान गरिएपछि प्रहरी सम्मानप्रति नै प्रश्न उठेको छ ।
यसअघि नेपाली काँग्रेसमा रहेका क्रसर माफिया राजेन्द्र यादव एमालेमा प्रवेश गरेका थिए । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० बस्ने राजेन्द्र यादवलाई आम नागरिकको जिम्मेवारीप्रति संवेदनशिल रही नेपाल प्रहरीलाई सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।
राजेन्द्र यादवले चलाएको क्रसरको दृश्य
जनहित विरुद्ध यादवले बर्षौदेखि सिरहाको घुर्मी खोलाबाट प्रहरीकै मिलोमत्तोमा अवैद्य खोला उत्खनन गरी क्रसर चलाउँदै आएका छन् । तर, कानुनी बन्देज लगाएको अवस्थामा खोलाबाट अवैद्य र गैर कानुनी उत्खनन गरी आम नागरिकप्रति गैर जिम्मेवार रहेका उनलाई जिम्मेवार व्यक्ति भनेर सम्मान दिएको हो ।
जानकारी अनुसार, उनलाई एमालेको सिफारिसमा बिशेष अप्रोच लगाएर सम्मान गरिएको हो । एमालेको सिफारिसमा यादवलाई डिआईजी जनक भटट्राई र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सँयुक्त रुपमा सम्मान गरेपछि नैतिकतामाथि प्रश्न उठेको हो ।
तिरुपति कन्सट्रक्सनका सँचालक रहेका ठेकेदार राजेन्द्र यादवलाई कैयौँ पटक अवैद्य र गैर कानुनी कार्यको लागि जरिवाना तिर्नु परेको प्रहरी रेकर्ड छ । जिल्ला समन्वय समितिबाट समेत उनी सँचालक रहेको तिरुपति कन्सट्रक्सनबाट लाखौँ रुपैयाँ जरिवाना तिरेको रेकर्ड रहेको छ ।
नागरिकप्रतिको शून्य जिम्मेवारी र शून्य संवेदनशिल भएका यादवलाई नेपाल प्रहरी जस्तो मर्यादित सँगठनबाट सम्मान दिँदा सिँगो प्रहरी सँगठनप्रति प्रश्न उठेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…