जनकपुरको न्यू लाईफ स्कूलमा चोरी, रुपैयाँदेखि मार्कसिटसम्म चोरी, सिसिटिभीमा कैद
चोरी गरिरहेको अवस्थामा विद्यालयभित्र जडान गरिएको सिसिटिभी क्यामेरामा चोरको अनुहार समेत कैद भएको हो । सो सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराईएको छ । चोरले करिब २ घण्टासम्म चोरी गरेको सिसिटिभीमा देखिएको छ ।

२०८० असोज २८ आइतबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको न्यू लाईफ ईँगलिस बोर्डिँग स्कूलमा चोरी भएको छ ।
गत शुक्रबार राती ९ः३० बजेको समयमा स्कूलभित्र पसेर चोरी गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ विद्यानगर जलादपुलस्थित रहेको सो स्कूलबाट चोरीले नगदसहित मार्कसिटहरु समेत चोरेर लगेको विद्यालय सँचालक नागमणि शर्माले जानकारी दिए ।
शुक्रबार राती स्कूलमा चोर पसेर विद्यार्थीहरुबाट जम्मा भएको नगद, कम्प्यूटर, डेस्कटप, ल्यापटप, कोर्डलेस फोन, स्कोरपियोको साँचोसहित मार्कसिटहरु समेत चोरी गरी लगेको बताईएको छ ।
शनिबार बिहान स्कूल खोल्दा समानहरु चोरी भएको देखेपछि सँचालक शर्माले प्रहरीलाई फोन गरेको थियो । घटनास्थल पुगेर प्रहरीले मुचुल्का उठाएको थियो ।
मुचुल्कामा ७ लाख रुपैयाँ नगद लगेको रिपोर्ट छ । विद्यालयको विभिन्न कोठामा राखिएको कम्प्यूटर, ल्यापटपहरु चोरी गरी लगेको सँचालक शर्माले जानकारी दिए ।
चोरी गरिरहेको अवस्थामा विद्यालयभित्र जडान गरिएको सिसिटिभी क्यामेरामा चोरको अनुहार समेत कैद भएको हो । सो सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराईएको छ । चोरले करिब २ घण्टासम्म चोरी गरेको सिसिटिभीमा देखिएको छ ।
प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ भने चोरको खोजी कार्य तीव्र पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…