जलस्रोत तथा सिँचाईका ईन्जिनीयर यादव मन्त्रालय तानिए
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत असोज १ गते नै उनलाई तानिएको भनेर पत्राचार गरिएपनि उनी सो कार्यालय छाडेर जान नचाहेको हो । गत भदौ २९ गतेमै भएको निर्णय अनुसार ईन्जिनीयर यादवलाई मन्त्रालय तानिएपनि उनी सोही कार्यालय बस्दै आएका हुन् ।

२०८० असोज २७ शनिबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहास्थित रहेको जलस्रोत तथा सिँचाई विकास डिविजन कार्यालय सिरहाका ईन्जिनीयर मन्त्रालय तानिएका छन् ।
र्
जलस्रोत तथा सिँचाई विकास डिविजन कार्यालयका ईन्जिनीयर अरुण कुमार यादवलाई मधेश प्रदेश सरकारले मन्त्रालय तानेको हो । यसअघि सिँचाई कार्यालय सिरहामा सिडिई भएर काम गर्दै आएका ईन्जिनीयर यादवलाई मन्त्रालयमा सोही पदमा कामकाज गर्ने गरी तानेको हो ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत असोज १ गते नै उनलाई तानिएको भनेर पत्राचार गरिएपनि उनी सो कार्यालय छाडेर जान नचाहेको हो । गत भदौ २९ गतेमै भएको निर्णय अनुसार ईन्जिनीयर यादवलाई मन्त्रालय तानिएपनि उनी सोही कार्यालय बस्दै आएका हुन् ।
यद्यपी, उनी मन्त्रालयमा हाजिरी नगरेपछि उनलाई अर्को पत्र भने काटिएको छैनन् । सो कार्यालयमा उनको छविप्रति प्रश्न उठेपछि उनलाई मन्त्रालय तानिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…