रौतहटका पूर्व मेयर यादवलाई भ्रष्टाचार मुद्दामा ३ बर्षको जेल र १५ लाख जरिवाना
विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाच

२०८० असोज २४ बुधबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । भष्ट्राचारमा दोषी ठहर भएका रौतहटको फतुवा विजयपुरका तत्कालीन मेयर गोपाल राय यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तोकिको छ।
विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए ।
उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो । यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए ।
लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…