कल्याणपुरका मेयर साहका छोराले जसपाका कार्यकर्तालाई दिए गोली हान्ने धम्की
भ्वाईस मेसेज पठाउँदै मेयरका छोरा साहले भनेका छन् –“तिमीहरु कल्याणपुर नगरपालिकाका मेयरलाई गाली गर मलाई आपत्ति छैन, तर हाम्रो हजुरबा, पुर्खाहरुलाई गाली गर्छौँ भने घरमा पसेर गाली हानदिन्छु”

२०८० असोज २४ बुधबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहका छोराले जनता समाजवादी पार्टी (जसपा) नेपालका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएका छन् ।
कल्याणपुर नगरपालिकाका नगर प्रमुख साहको विरुद्धमा समाजिक सँजाल लेखेपछि जसपाका कार्यकर्ता आनन्द शर्मालाई मेयरका छोरा ब्रहम्देव साहले गोली हान्ने धम्की दिएका हुन् ।
जसपाका कार्यकर्ता शर्मालाई ब्रम्हदेव साहले अडियो क्लीप मार्फत गोली हान्ने धम्की दिएका हुन् । उनले कार्यकर्ता शर्मालाई घर पसेर गोली हान दिने धम्की दिएका हुन् ।
भ्वाईस मेसेज पठाउँदै मेयरका छोरा साहले भनेका छन् –“तिमीहरु कल्याणपुर नगरपालिकाका मेयरलाई गाली गर मलाई आपत्ति छैन, तर हाम्रो हजुरबा, पुर्खाहरुलाई गाली गर्छौँ भने घरमा पसेर गाली हानदिन्छु”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…