उग्रवादी हमासको आक्रमण निन्दनीय, आनन्दको परिवारलाई मधेश सरकारले ५ लाख राहत दिनेछः मुख्यमन्त्री यादव
मुख्यमन्त्री यादवले हमासको आक्रमणलाई उग्रवादीको सँज्ञा दिँदै अमानवीय र निन्दनीय बताएका छन् । उनले लर्न एण्ड अर्नमा गएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीका २२ बर्षिय युवक आनन्द साहले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै हमासलाई उग्रवादी बताएका छन् ।

२०८० असोज २३ मंगलबार, राति १०:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । इजरायलमा भएको आतंकी हमलामा परी ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मँगलबार एक सूचना जारी गर्दै आनन्दको परिवारलाई प्रदेश सरकारको तर्फबाट रु. ५ लाख उपलब्ध गराउने जनाएको हो ।
मुख्यमन्त्री यादवले हमासको आक्रमणलाई उग्रवादीको सँज्ञा दिँदै अमानवीय र निन्दनीय बताएका छन् । उनले लर्न एण्ड अर्नमा गएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ४ सपहीका २२ बर्षिय युवक आनन्द साहले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै हमासलाई उग्रवादी बताएका छन् ।
उनले शोकाकुल परिवारप्रति संवेदना प्रकट गर्दै मधेश सरकारको तर्फबाट राहत स्वरुप सो रकम उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका हुन् ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…