सरकारी कर्मचारीमाथिको प्रहरीको बल प्रयोग कायरताः कर्मचारीहरु
आन्दोलनकै क्रममा काठमान्डौँमा आन्दोलनरत कर्मचारीहरुमाथि लाठी बर्षाउनु सरकारको निरिहताको सँज्ञा ईन्जिनीयर अनन्त केजरिवाल दिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।

२०८० असोज २३ मंगलबार, दिउँसो ३:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न माग लिएर आन्दोलनमा उत्रेका स्थानीय तहका कर्मचारीहरुले प्रहरीको बल प्रयोगलाई सरकारको कायरता बताएको छ ।
सोमबार आन्दोलनको क्रममा माईतीघर मण्डलमा आन्दोलनरत कर्मचारीहरु उपर भएको प्रहरीको बल प्रयोगलाई सरकारको कायरतापूर्ण व्यवहारको सँज्ञा दिएको हो ।
संविधान जारी भएको ८ बर्ष बितिसक्दा पनि अहिले सम्म देशको प्रशासन संचालन गर्ने स्थायी सरकारको ब्यवस्थापन गर्ने कानुन बनाउन नसकेको भन्दै सरकारलाई असक्षम समेत बताएको हो ।
“आन्दोलन रास्ट्र बिरुद्ध हैन, सेवा सुविधा बढाउ भनेर हैन , हो त केवल विभेद नगर, कानुन ल्याउ, संविधानले दिएको अधिकार आफै उलंघन नगर भनेर हो निसस्त्र,शान्तिपूर्ण आन्दोलनमा प्रहरी बल प्रयोग गर्ने कायर सरकार मुर्दाबाद” भन्दै नारावाजी गरेको हो ।
एमसिसि विरुद्धमा नागरिक आन्दोलन हुँदा पनि सदनबाट पारित गर्ने यही सरकारले कर्मचारीप्रतिको विभेद रोक्न कानुन ल्याउ भनेर आन्दोलन गर्दा प्रहरी लगाएर बल प्रयोग गर्नु सरकारको कायरता रहेको कमला नगरपालिकाका लेखापाल सँजीव महतोले बताए ।
आन्दोलनकै क्रममा काठमान्डौँमा आन्दोलनरत कर्मचारीहरुमाथि लाठी बर्षाउनु सरकारको निरिहताको सँज्ञा ईन्जिनीयर अनन्त केजरिवाल दिए । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…