पिकअपले मोटरसाईकलमा ठक्कर दिँदा एक युवकको मृत्यू, एक गम्भिर
सो घटनामा ३२ बर्षिय गगन चौधरी र अशोक राय नामक युवक घाईते भएकोमा अशोकको उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

२०८० असोज २० शनिबार, बिहान ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् ।
मधेश प्रदेशको सिरहा जिल्लास्थित शुक्रबार दिउँसो पिकअप भ्यानले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ भने अर्का गम्भिर घाईते भएका छन् ।
शुक्रबार दिउँसो ३ः३० बजेको समयमा सिरहास्थित हुलाकी सडकमा नवराजपुर गाउँपालिका वडा नं. ३ जगतचौकस्थित पिकअपले मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ४ प ७७६६ नम्बरको मोटरसाईकलाई पछाडीबाट स १ च १६७५ नम्बरको पिकअपले पछाडीबाट ठक्कर दिँदा दुई युवक गम्भिर घाईते भएका थिए ।
सो घटनामा ३२ बर्षिय गगन चौधरी र अशोक राय नामक युवक घाईते भएकोमा अशोकको उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता रबिन्द्रराज पाण्डेले जानकारी दिए ।
नबराजपुर गाउँपालिका वडा नं. १ बस्ने तामासुइया बस्ने अन्दाजी बर्ष २६ को अशोक रायले अस्पतालमा अन्तिम साँस लिएको बताएको हो ।
पिकअप र पिकअप चालक बर्ष ३२ को सतिष यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा राखिएको प्रवक्ता एवम् डिएसपी पाण्डेले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…