कमला नगरपालिकामा भोली सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा भोली सार्वजनिक विदा हुने भएको छ । कमला नगरपालिकाले स्थानीय सरकारको हैसियतले हिन्दु धर्मावलम्बीहरुको निराहार व्रत मानिने जितिया पर्वको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो । कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवले विहिबार एक स

२०८० असोज १८ बिहीबार, दिउँसो ३:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा भोली सार्वजनिक विदा हुने भएको छ ।
कमला नगरपालिकाले स्थानीय सरकारको हैसियतले हिन्दु धर्मावलम्बीहरुको निराहार व्रत मानिने जितिया पर्वको अवसर पारेर एक दिने सार्वजनिक विदा दिएको हो ।
कमला नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद यादवले विहिबार एक सूचना जारी गर्दै भोली शुक्रबार जितिया पर्वलाई मध्यनजर गरी एक दिने सार्वजनिक विदा दिएको हो ।
शुक्रबार नगरपालिकाभित्रको सबै समुदायिक, सँस्थागत विद्यालय, कार्यालयहरु समेत बन्द रहनेछ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…