जलेश्वरका मेयर सोनारलाई फेसबुकमा भ्रष्ट भनेपछि एक युवकलाई पक्राउ पूर्जी जारी
झा कहि कतै भाग्ने वा प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै उनलाई विहिबार पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यद्यपी, उनलाई अहिले पक्राउ भने गरिएको छैनन् । युवक झा डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग नजिक मानिएका छन् । उनी बेतिथि विरुद्ध समाजिक सँजामा जनप्रतिनीधिहरु विरुद्ध लेख्दै आएका थिए ।

२०८० असोज १८ बिहीबार, दिउँसो १:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारलाई एक युवकले फेसबुकमा भ्रष्ट मेयर लेखिदिएपछि पक्राउ पुर्जी जारी गरिएको छ ।
गत भदौ ३१ गतेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने कृष्णदेव झाको छोरा बद्रीनाथ झाले फेसबुकमा मेयर सोनार विरुद्ध भ्रष्ट, पतित जस्ता शब्दहरु लेखिदिएपछि उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गत मुद्दा चलाएको हो ।
युवक झाले पटक पटक मेयर सोनारलाई सचेत गराउन स्टेटसहरु लेख्दै आएका थिए तर गत भदौ ३१ गतेमा उनले मेयर सोनारलाई भ्रष्टाचारी, पतित जस्ता शब्दहरु लेखेपछि मेयर सोनारले उनीमाथि जाहेरी दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले झालाई पक्राउ पूर्जी जारी गरेको हो । साईबर क्राईमको मुद्दा लगाएपछि उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिनुपर्ने भन्दै पक्राउ पूर्जी जारी गरिएको हो ।
झा कहि कतै भाग्ने वा प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै उनलाई विहिबार पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यद्यपी, उनलाई अहिले पक्राउ भने गरिएको छैनन् ।
युवक झा डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग नजिक मानिएका छन् । उनी बेतिथि विरुद्ध समाजिक सँजामा जनप्रतिनीधिहरु विरुद्ध लेख्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…