काँग्रेसका कृष्णा यादव बने मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री
मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफू प्रदेशमा नआउन्जेलसम्मका लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

२०८० असोज १८ बिहीबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव काम विशेषले प्रदेश बाहिर रहेको अवस्थामा नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता मन्त्री यादवले बुधवार कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफू प्रदेशमा नआउन्जेलसम्मका लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…