
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले आईतबार ३८ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय यदुकूहाले बेच्नको लागि लैजाँदै गरेको ३८ वटा कुखुरा समातेर नष्ट गरेपछि तस्विर सार्वजनिक गरेको हो ।
भारतबाट भन्सार छली गरी शहिदनगर नगरपालिकाको यदुकूहा तर्फ लैजाँदै गरेको अवस्थामा कमला नगरपालिका वडा नं. २ सराबेस्थितबाट कुखुरा पक्राउ गरेको हो । सराबेको केही भाग शहिदनगर नगरपालिकामा समेत पर्ने गरेको छ । सो क्षेत्र ईलाका प्रहरी कार्यालय यदुकूहा र ईलाका प्रहरी कार्यालय खजुरीको सीमाको रुपमा रहेको छ ।
मोटरसाईकलमा लैजाँदै गरेको अवस्थामा १ क्वीन्टल १४ किलो कुखुरा प्रहरीलाई देख्नासाथ कुखुरा फालेर भागेको प्रहरीले जनाएको छ । मोसामा लादिएको सो कुखुरा मोटरसाईकलबाट फालेर भागेको प्रहरीले उदृत गरेको छ ।
पक्राउ गरिएको कुखुरा स्थानीय जनप्रतिनीधि, पत्रकार, अधिकारकर्मी, स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०८० असोज १४ आइतबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्