धनुषा प्रहरीले समाते ३८ वटा मुर्गा
पक्राउ गरिएको १ क्वीन्टल १४ किलो भनिएको कुखुरामध्ये केही कुखुरा स्थानीय जनप्रतिनीधि, केही पत्रकारहरुलाई समेत बाँडिएको बताईएको छ । केही मात्र नष्ट गरेर तस्विर सार्वजनिक गरिएको बताईएको छ ।

२०८० असोज १४ आइतबार, बेलुकी ७:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले आईतबार ३८ वटा कुखुरा (मुर्गा) समातेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय यदुकूहाले बेच्नको लागि लैजाँदै गरेको ३८ वटा कुखुरा समातेर नष्ट गरेपछि तस्विर सार्वजनिक गरेको हो ।
भारतबाट भन्सार छली गरी शहिदनगर नगरपालिकाको यदुकूहा तर्फ लैजाँदै गरेको अवस्थामा कमला नगरपालिका वडा नं. २ सराबेस्थितबाट कुखुरा पक्राउ गरेको हो । सराबेको केही भाग शहिदनगर नगरपालिकामा समेत पर्ने गरेको छ । सो क्षेत्र ईलाका प्रहरी कार्यालय यदुकूहा र ईलाका प्रहरी कार्यालय खजुरीको सीमाको रुपमा रहेको छ ।
मोटरसाईकलमा लैजाँदै गरेको अवस्थामा १ क्वीन्टल १४ किलो कुखुरा प्रहरीलाई देख्नासाथ कुखुरा फालेर भागेको प्रहरीले जनाएको छ । मोसामा लादिएको सो कुखुरा मोटरसाईकलबाट फालेर भागेको प्रहरीले उदृत गरेको छ ।
पक्राउ गरिएको कुखुरा स्थानीय जनप्रतिनीधि, पत्रकार, अधिकारकर्मी, स्थानीयहरुको रोहबरमा नष्ट गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…