ओरकेष्ट्रा प्रतिबन्ध एकै दिनमा व्यवहारमा लागू हुँदैन, सूचनाको पनि अभाव भयोः अध्यक्ष यादव
समाजिक सँजालमा केही सर्वसाधारणहरुले अध्यक्ष यादवको निर्णयलाई नटेरेको तथा प्रतिबन्धको निर्णय गरेपनि ओरकेष्ट्रा नचाएको भन्दै नाम जोडेर भिडियोहरु हालेपछि उनले सूचनाको अभाव बताएका छन् ।

२०८० असोज १४ आइतबार, बिहान ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले गाउँपालिकाभरिमा लगाएको ओरकेष्ट्रा नाच प्रतिबन्ध व्यवहारमा तुरुन्तै लागू हुन नसक्ने बताएका छन् ।
उनले समाजमा जडो गाडिसकेको यस्ता कुराहरुलाई विस्तारै विस्थापित गर्न सकिने बताएका छन् । अध्यक्ष यादवले गाउँपालिकाभरि ओरकेष्ट्रा नचाउन नपाउने निर्णय भएपनि आवश्यक सूचनाको अभावमा छिटफुट ओरकेष्ट्रा नृत्य गराएको स्वीकार गरे ।
गत असोज ९ गते साँझ ओरकेष्ट्रा नचाउन नपाउने निर्णय गरेको बताउँदै वडा नं. ५ स्थित असोज १० गते नचाइएको बताए । निर्णयको सूचना वस्तीस्तरमा पुग्न नसक्दा सूचनाकै अभावमा निर्णय उलघंन भएको समितिलाई उदृत गर्दै अध्यक्ष यादवले बताए ।
उनले भने,–“गाउँपालिकाबाट असोज ९ गते अश्लिल नाच, उत्तेजित पार्ने नाच, महिला नर्तक नचाउन हामीले गाउँपालिकावासीलाई आग्रह गरियौँ । त्यो निर्णय पनि भयो, तर प्रोपर सूचना जानुपर्नेमा सूचना वस्ती वस्तीमा जान पाएन । यसमा दोषी हामी नै हौँ । वस्तीस्तरसम्म माईकिँग गरेर यस्ता कुराको जानकारी दिनुपर्ने जस्तो महसुस गरेका छौँ । समाजिक सँजाल प्रयोगकर्ताले समाचार, समाजिक सँजालबाट पनि सूचना हेरेकै हो, त्यसैले अन्य बर्षको तुलनामा यस बर्ष एक÷दुई ठाउँमा मात्र भएको छ । वस्तीस्तरमा निर्णयको सुचना प्रवाह गरी विस्तारै यस्ता चलनलाई विस्तापित गरिनेछ ।”
उनले निर्णय भएको भोलीपल्ट नै समितिसम्म सूचना नजाँदा नचाएको बताएका छन् । उनले त्यसको लागि समितिले पनि गलती स्वीकार गरिलिएको बताएका छन् ।
समाजिक सँजालमा केही सर्वसाधारणहरुले अध्यक्ष यादवको निर्णयलाई नटेरेको तथा प्रतिबन्धको निर्णय गरेपनि ओरकेष्ट्रा नचाएको भन्दै नाम जोडेर भिडियोहरु हालेपछि उनले सूचनाको अभाव बताएका छन् ।
समाजिक सँजाल मार्फत आफूलाई यस्ता प्रकृतिको घटनाहरुलाई जानकारी गराएकोप्रति खुसी व्यक्त गर्दै धन्यवाद समेत दिए । उनले यस्ता विकृति विरुद्ध एक्लो नभई सम्पूर्ण गाउँपालिकावासीले एकजुट हुनुपर्ने धारणा राखे ।
अध्यक्ष यादवले यस्ता प्रकृतिको कार्यक्रम भएपछि मात्र भिडियो हाल्नुभन्दा पनि कार्यक्रमको बारेमा जानकारी भए दुई दिन अगाडी नै जानकारी गराउन समेत आग्रह गरे । उनले ईलाका प्रहरी कार्यालय खजुरीसँग एक बैठक बसी निर्णय कार्यन्वयनको लागि पहल गर्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…