आफू विरुद्ध बोल्नेलाई थुनामा पठाउने मुख्यमन्त्री यादवको धम्की
गत बुधबार जनकपुरका एक आयूर्वेद चिकित्सकलाई फेसबुकमा लेखेकै भरमा पक्राउ गर्न लगाएपछि मुख्यमन्त्रीप्रतिको आक्रोस झन बढदै गएको छ ।

२०८० असोज १२ शुक्रबार, बिहान ८:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफू विरुद्ध समाजिक सँजाला गाली गलौज लेख्नेलाई थुनामा पठाउने धम्की दिएका छन् ।
सँचारकर्मीसँगको एक संक्षिप्त अन्तरवार्ताको क्रममा मुख्यमन्त्री यादवले फेसबुक, ह्वाट्सएप जस्ता समाजिक सँजालमा आफू विरुद्ध गाली लेख्नेलाई विश्वको कुनै पनि कुनाबाट समातेर थुनामा पठाई कारवाही गर्ने धम्की दिएका छन् ।
मुख्यमन्त्री यादवले आफूसँग जोडेर पार्टीगत हिसाबले वा पूर्वाग्रही हिसाबले समाजिक सँजालमा आफू विरुद्ध गाली लेखिए कुनै पनि देशबाट पक्राउ गरी ल्याएर थुनामा पठाई कारवाही गर्ने धम्की दिएको हो ।
प्रदेशको मुख्यमन्त्री जस्तो पदमा बसेर मुख्यमन्त्री यादवले दिएको प्रतिक्रिया अशोभनीय र क्रुर शासकको रहेको सँज्ञा दिइएको छ । समाजिक सँजालमै उनको वक्तत्वप्रति अडकलवाजी चलेको छ भने आलोचना पनि उतिकै भएको छ ।
मुख्यमन्त्रीकै कुरा स्मरण गराउन लोकतन्त्रमा कडा बोली लेखिए, कडा शब्द लेखेकै खण्डमा पक्राउ गरी कारवाही गर्न लगाउनु राणा शासनभन्दा पनि क्रुर शासको सँज्ञा दिएको हो ।
गत बुधबार जनकपुरका एक आयूर्वेद चिकित्सकलाई फेसबुकमा लेखेकै भरमा पक्राउ गर्न लगाएपछि मुख्यमन्त्रीप्रतिको आक्रोस झन बढदै गएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…