जनकपुरबाट १२ वटा गाईगोरुसहित दुई जना पक्राउ
ईलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थितबाट भन्सार छली ल्याएका ८ वटा गाई र ४ वटा गोरू गरी जम्मा १२ वटा गाई÷गोरूसहित दुई जनालाई पक्राउ गरेको हो ।

२०८० असोज ९ मंगलबार, राति १०:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले धनुषाबाट गाई गोरु तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
आईतबार राती करिब ११ बजेको समयमा धनुषाको ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटि गएको गस्ती टोलीले गाई गोरुसहित दुई तस्करलाई समेत पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय धनुषाधाम धनुषाबाट गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ सिसमपुर स्थितबाट भन्सार छली ल्याएका ८ वटा गाई र ४ वटा गोरू गरी जम्मा १२ वटा गाई/गोरूसहित दुई जनालाई पक्राउ गरेको हो ।
तस्करीमा सँलग्न आरोपमा धनुषाको विदेह नगरपालिका वडा नं. ९ बस्ने वर्ष २६ को कलाम नदाफ र वर्ष १८ को मो. राजा नदाफलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…