सिरहा प्रहरीका ईन्सपेक्टर यादव 'पीडितसँग अराजकता, बोर्डरमा तस्करसँग बफादार'
यता, प्रहरी निरीक्षक यादवले निर्दोषलाई थुन्ने गरेको तथा रकम असुली गर्ने गरेको जिज्ञासामा उनले आफू कसैसङ्ग रकम नउठाएको प्रतिक्रिया दिएका छन् । “नत नेताको कलमा हामिले कसैलाई थुन्ने या न थुन्ने गर्या छौँ भने डिएसपीको आदेश थियो, मैले त्यहीँ आदेश पालना गर्या हो ।” निरीक्षक यादवले भने ।

२०८० असोज ९ मंगलबार, बेलुकी ६:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल प्रहरीको नारा छ – “मुस्कानसहितको सेवा” तर, व्यवहारमा भने यो लागू भएको पाइँदैन ।
अन्यायमा परेका नागरिक प्रहरीमा पुग्छन् । प्रहरीले भने ढाँडस दिएर र नम्र व्यवहार गरेर सेवाग्राहीलाई आत्मबल दिनुको साटो प्रहरीले रुखो व्यवहार गर्ने, थर्काउने अनि पीडितलाई झन् पीडित बनाउने गरेको पाइन्छ ।
सेवाग्राहीसँग यस्तै हर्कत गर्छन् जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामनारायण यादव । उनले कुनै कामले उनको कार्यकक्षमा आउने सामान्य सेवाग्राहीसँग अराजक व्यवहार गर्ने गरेका छन् ।
सामान्य सेवाग्राहीलाई गन्दै नगनेको र ठूलाबडालाई मात्रै प्राथमिकता दिने गरेको सेवाग्राहीको गुनासो छ । ुकर्मचारी भनेको जनताका नोकर हुन्,ु एक सेवाग्राहीले भने, ुतर, उनको व्यवहारले भने मालिक हो जस्तो देखाउँछ ।ु
उनको व्यवहारले गर्दा सिंगो कार्यालयकै बद्नामी भइरहेको छ । भर्खरै बढुवा भएका र यसै साता अवकाश भइरहेका उनी जागिर जीवनमा जहाँ(जहाँ बसे, कतै उनीबारे राम्रो प्रतिक्रिया पाइँदैन ।
बरियारपट्टीमा बरिस्ठ सई हुँदा व्यापारीसँग लाइन मिलाएर लाखौंको मालसामान पार गराउने तस्करका सेटिँगकर्ता मानिन्छन ईन्सपेक्टर यादव ।
जिल्ला प्रहरी कार्यालयमा एक पीडित निवेदन लिएर गएको थियो सिभिलमा डनगिरी देखाएर पीडितलाई नानाथरी कुरामा अलझ्याएर , कुरा बङ्याएर पीडितलाई निरास भएर घर पठाउने गरेको पाइएको छ । त्यही ठाउँमा नेताको फोन आयो भने डिएसपीको आदेश हो भनेर सोझा साजालाई बर्दिको आड्मा थुन्ने गरेको गुनासो पनि उत्तिकै छ ।
प्रहरी नीरिक्षक भएपछि घुमुवा प्रहरी हुँदाहुँदै घुमुवाझैँ कार्य ईन्सपेक्टर यादवले गरिरहेका छन् । जिल्लाभरिका घुमुवाको हेडको रुपमा रहेका ईन्सपेक्टर यादवले पुरानो अड्डाबाट समेत असुली जारी राखेको आरोप छ ।
यता, प्रहरी निरीक्षक यादवले निर्दोषलाई थुन्ने गरेको तथा रकम असुली गर्ने गरेको जिज्ञासामा उनले आफू कसैसङ्ग रकम नउठाएको प्रतिक्रिया दिएका छन् । “नत नेताको कलमा हामिले कसैलाई थुन्ने या न थुन्ने गर्या छौँ भने डिएसपीको आदेश थियो, मैले त्यहीँ आदेश पालना गर्या हो ।” निरीक्षक यादवले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…