'माता छिन्नमस्ता' को मुकुट फेर्न खोजिएपछि....
मधेश प्रदेशको विभिन्न शक्तिपीठहरुमध्ये छिन्नमस्ता एक प्रसिद्ध शक्तिपीठको रुपमा रहेको छ । मन्दिर व्यवस्थापन समिति, पूजारी र स्थानीय बुद्धिजीवीहरुको छलफलबाट एक परिवारले उपलब्ध गराएको मुकुट नराख्ने सहमति भएको हो । यद्यपी, मन्दिरमा भने क्षमापूजा गर्ने तयारी गरिएको हो ।

२०८० असोज ४ बिहीबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी राजविराजस्थित रहेको प्रसिद्ध शक्तिपीठ माता छिन्नमस्ता को मुकुट फेर्न लागेपछि विवाद भएको छ ।
एक दाताले छिन्नमस्ता भगवतिको मुकुट फेर्ने भनेपछि मुकुटमा परिवारको नाम उल्लेख गरेपछि विवाद भएको हो । प्रदेशको प्रसिद्ध शक्तिपीठ रहेको छिन्नमस्तामा समेत समितिको भद्दा मजाकपछि समाजिक सँजाल मार्फत सो मुकुट रोक लगाइएको हो ।
एक परिवारले छिन्नमस्तामा मुकुट राख्नको लागि शक्तिपीठको मुकुटमै स परिवारको नाम लेखाएपछि अभद्रता गरिएको बताईएको छ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको छिन्नमस्ता जस्तो शक्तिपीठसँग भद्दा मजाक र दुस्साह गरेको भन्दै क्षमा पूजा गरी साबिककै मुकुट राख्ने सहमति भएको हो ।
मधेश प्रदेशको विभिन्न शक्तिपीठहरुमध्ये छिन्नमस्ता एक प्रसिद्ध शक्तिपीठको रुपमा रहेको छ । मन्दिर व्यवस्थापन समिति, पूजारी र स्थानीय बुद्धिजीवीहरुको छलफलबाट एक परिवारले उपलब्ध गराएको मुकुट नराख्ने सहमति भएको हो । यद्यपी, मन्दिरमा भने क्षमापूजा गर्ने तयारी गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…