जनकपुरः घुमुवा प्रहरी हुँ भनी सर्वसाधारण लुट्ने एक युवक पक्राउ
विहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।

२०८० भदौ २९ शुक्रबार, बेलुकी ७:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नक्कली घुमुवा प्रहरी पक्राउ गरिएको छ । धनुषा प्रहरीले प्रहरीको नाममा लुटपाट गरेको भन्दै पक्राउ गरिएको हो ।
आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भनी सर्वसाधारणको रकम लुटपाट गरी भागेका धनुषाका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमाका ३१ बर्षिय अमरेश कुमार यादव रहेको छ । नक्कली घुमुवा प्रहरी बनेर सर्वसाधारण लुटेका यादवका साथै रहेका एक अर्का व्यक्ति भने फरार रहेको तथा उनको खोजि कार्य तिव्र बनाइएको धनुषा प्रहरीले जनाएको छ ।
विहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।
अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…