जनकपुरः घुमुवा प्रहरी हुँ भनी सर्वसाधारण लुट्ने एक युवक पक्राउ 

२०८० भदौ २९ शुक्रबार
बेलुकी ७:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नक्कली घुमुवा प्रहरी पक्राउ गरिएको छ । धनुषा प्रहरीले प्रहरीको नाममा लुटपाट गरेको भन्दै पक्राउ गरिएको हो । 

आफू नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भनी सर्वसाधारणको रकम लुटपाट गरी भागेका धनुषाका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमाका ३१ बर्षिय अमरेश कुमार यादव रहेको छ । नक्कली घुमुवा प्रहरी बनेर सर्वसाधारण लुटेका यादवका साथै रहेका एक अर्का व्यक्ति भने फरार रहेको तथा उनको खोजि कार्य तिव्र बनाइएको धनुषा प्रहरीले जनाएको छ ।

विहिबार धनुषाको विदेह नगरपालिका वडा नं. ३ चिकनास्थित ज ७ प ६०८६ नम्बरको मोटरसाइकलमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापराका सुरज मण्डल, सुमितकुमार राम र विदेह नगरपालिका वडा नं. ८ का फेकुन मण्डलबाट आफूलाई घुमुवा प्रहरी हु भन्दै धाक लगाएर ४ हजार रुपैयाँ खोसेर भाग्न खोज्दा अमरेश पक्राउ परेको बताइएको छ ।

अमरेशले चलाएको ज १० प ३७०५ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।

  • 25%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० भदौ २९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus