जनकपुरः नालामा खसेर एक बालकको मृत्यू
मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ । हुलाकी सडक निर्माणको क्रममा समेत विभिन्न गाउँवस्तीमा नाला निर्माण गरिएपनि ढक्कन नदिँदा स्थानीयहरुमा बच्चा डुब्ने त्रास कायमै रहेको छ ।

२०८० भदौ २९ शुक्रबार, दिउँसो १२:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित नालामा खसेर एक बालकको ज्यान गएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ लोहनास्थित शुक्रबार ढक्कन नहालेको नालामा खसेर एक बालकको मृत्यु भएको हो ।
नाला निर्माणकै क्रममा माथिबाट हालिने ढक्कन नहालेको ठाउँमा स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा शुक्रबार बिहानै रोहन नालामा खसेका थिए ।
स्थानीयका अनुसार, नामाला ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।
मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ।
हुलाकी सडक निर्माणको क्रममा समेत विभिन्न गाउँवस्तीमा नाला निर्माण गरिएपनि ढक्कन नदिँदा स्थानीयहरुमा बच्चा डुब्ने त्रास कायमै रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…