मोसा दुर्घटना हुँदा एक जनाको मृत्यू, एकै परिवारका तीन घाईते
तीनै जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । घाइतेमध्ये श्रीमान्–श्रीमतीको अवस्था खतरामुक्त भए पनि छोरीको अवस्था भने गम्भीर रहेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

२०८० भदौ २८ बिहीबार, राति ८:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, गाजल चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन जना घाइते भएका छन् । गाजली चोकस्थित चौबाटोमा भएको दुर्घटनामा बागमती नगरपालिका –८, सोल्टीका ५० वर्षीय गणेशकुमार कार्कीको मृत्यु भएको हो ।
कार्कीलाई उपचारका लागि सरस्वती अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । राजघाटबाट सोल्टीतर्फ आउँदै गरेको कार्कीले चलाएको बा ३० प ९४०७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदैगरेको ना ५९ प ५१७७ नम्बर को मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ना ५९ प ५१७७ नम्बर को मोटरसाइकलमा सवार एकै परिवारका तीन जना घाइते भएका छन् । मोटरसाइकल चालक हरिवन नगरपालिका–१, बस्ने ३२ वर्षीय मुकेशकुमार साह, उहाँकी श्रीमती २६ वर्षीया शान्ताकुमारी साह र छोरी तीन वर्षीया प्रियाकुमारी घाइते भएका हुन् ।
तीनै जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । घाइतेमध्ये श्रीमान्–श्रीमतीको अवस्था खतरामुक्त भए पनि छोरीको अवस्था भने गम्भीर रहेको बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
मृतक कार्कीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइ दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…