हिन्दु र मुस्लिमबीच दँगा फैलाउनेलाई गोली हान्ने मुख्यमन्त्री यादवको चेतावनी  

हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।

२०८० भदौ २७ बुधबार
रति ८:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् ।’

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।

मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।

हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।

  • 83%
  • 17%
  • 0%
  • 0%
  • 0%
  • 0%

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

  • २०८० भदौ २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दुई साता अघि मात्र पेट्रोलको मूल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार

पूरा पढ्नुहोस्

Bureau Menus