वीरगँजको बालसुधार गृहमा झडप, कैयौँ घाईते
गृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

२०८० भदौ २७ बुधबार, बिहान ७:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको पर्सा जिल्लाको वीरगँजस्थित रहेको बाल सुधार गृहमा झडप हुँदा कैयौँ जना घाईते भएको खवर छ ।
गृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।
भित्र रेहका बालबालिकाहरूसँग वार्ता गरेर समाधान निकाल्न प्रहरीले प्रयास गरिरहेको छ । वार्ताका लागि उनीहरूले प्रहरीलाई पछाडि पठाएर सञ्चारकर्मीहरूको टोली पठाउन माग गरेका छन् ।
पर्सा प्रहरीका प्रमुख एसपी कोमल शाहको नेतृत्वमा बाक्लो मात्रामा प्रहरी परिचालित गरिएको छ । राती भएको सो झडप किन र कसरी भएको बारे प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…