वीरगँजको बालसुधार गृहमा झडप, कैयौँ घाईते 

२०८० भदौ २७ बुधबार
बिहान ०७:२९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशको पर्सा जिल्लाको वीरगँजस्थित रहेको बाल सुधार गृहमा झडप हुँदा कैयौँ जना घाईते भएको खवर छ । 

गृहमा रहेका बालबालिकाहरू बीच विवाद हुँदा भएको झडपका क्रममा झण्डै एक दर्जन जति घाइते भएका छन् । पर्साको वीरगञ्जस्थित बाल सुधारगृहमा भएको झडपमा घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

भित्र रेहका बालबालिकाहरूसँग वार्ता गरेर समाधान निकाल्न प्रहरीले प्रयास गरिरहेको छ । वार्ताका लागि उनीहरूले प्रहरीलाई पछाडि पठाएर सञ्चारकर्मीहरूको टोली पठाउन माग गरेका छन् ।

पर्सा प्रहरीका प्रमुख एसपी कोमल शाहको नेतृत्वमा बाक्लो मात्रामा प्रहरी परिचालित गरिएको छ । राती भएको सो झडप किन र कसरी भएको बारे प्रहरीले अनुसन्धान सुरु गरेको हो । 

  • 25%
  • 0%
  • 0%
  • 0%
  • 25%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८० भदौ २७ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus