पर्सी विहिबार सार्वजनिक विदा

२०८० भदौ २६ मंगलबार
रति ९:११ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हुने भएकोले नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराएको हो ।

मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातका कारण मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

विहानै गरिएको विदाको निर्णय भने टुँगो लागेको थिएनन् । नेम्वाँगका छोराहरु विदेशबाट आएपछि अन्त्येष्टीकै दिन सार्वजनिक विदा दिने निर्णय गरिएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

तराईमा पानीको सँकट आयो, पानीको मुहान रिचार्ज गर्नुपर्छः पूर्व कृषिमन्त्री कुशवाहा 

  • २०८० भदौ २६ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व कृषिमन्त्री ई. बसन्त कुशवाहाले तराई मधेशमा पानीको सँकट आउन थालेको बताएका छन् ।    गत गर्मी मौसममा तराई मधेशका अधिकांश ठाऊमा पानीका लागी त्राहिमाम

पूरा पढ्नुहोस्

Bureau Menus