पर्सी विहिबार सार्वजनिक विदा
विहानै गरिएको विदाको निर्णय भने टुँगो लागेको थिएनन् । नेम्वाँगका छोराहरु विदेशबाट आएपछि अन्त्येष्टीकै दिन सार्वजनिक विदा दिने निर्णय गरिएको थियो ।

२०८० भदौ २६ मंगलबार, राति ९:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन बिहीबार सार्वजनिक बिदा दिइएको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कार पर्सि बिहीबार हुने भएकोले नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको जानकारी गराएको हो ।
मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानसभाका अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातका कारण मंगलबार बिहान निधन भएको थियो । मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
विहानै गरिएको विदाको निर्णय भने टुँगो लागेको थिएनन् । नेम्वाँगका छोराहरु विदेशबाट आएपछि अन्त्येष्टीकै दिन सार्वजनिक विदा दिने निर्णय गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…