मानव बेचबिखन रोक्न समाजको सहायता आवश्यकः सिडिओ पाण्डे

२०८० भदौ २३ शनिबार
बिहान ०९:३६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्र पाणी पाण्डेले मानव बेचबिखन रोक्नको लागि समाजको सहायता र सहयोग आवश्यक भएको बताएका छन् । 

मानव बेचबिखन तराई मधेशको लागि मात्र नभई देशकै लागि एक जटिल समस्या भएको उनले बताएका छन् । समाजिक सँस्था शान्ती पुर्नःस्थापना केन्द्रको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा सिडिओ पाण्डेले मानव बेचबिखन रोक्नको लागि प्रशासन मात्र प्रयाप्त नभएको बताए । 

सीमानाकाबाट हुने मानव तस्करी र मानव बेचबिखन रोक्नको लागि सीमामा तैनाथ प्रहरी प्रशासनभन्दा समाजको सूचनाको आधारमा रोक्न सजिलो हुने बताए । उनले विभिन्न प्रलोभनमा पारी मानव बेचबिखनलाई अन्जाम दिने गरेको बताउँदै यसलाई रोक्नको लागि समुदायको सहयोग अपरिहार्य रहेको बताए । 

“समाजिक न्याय र आर्थिक सशक्तिकरण, मानव बेचबिखनको निर्मुलिकरण” मूल नाराको साथ भदौ २० गते १७ औँ मानव बेचबिखन विरुद्धको दिवस मनाएको शान्ती पूर्नःस्थापना केन्द्रका परामर्शदाता निशिथ कुमार कर्णले जानकारी दिए । 

सो कार्यक्रमको क्रममा सँस्थाकी धनुषा सँयोजक रिना कुमारी झाले सँस्थाको कार्य प्रगति, कार्यशैलीको बारेमा उपस्थिति सरोकारबालाहरुलाई जानकारी गराएकी थिइन् । 

कार्यक्रममा पत्रकार, अधिकारकर्मी, विद्यार्थी, प्रहरी, प्रशासनसहित सरोकारबालाहरुको मोटो उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, पोखरा । पोखरास्थित रहेको मणिपाल अस्पतालमा विरामीको मृत्यूपछि डाक्टरमाथि कुटपिट हुँदा अस्पतालको सबै सेवा ठप्प पारिएको छ ।  लमजुङबाट उपचारका लागि सोमबार बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्यु

पूरा पढ्नुहोस्

Bureau Menus