'ए नेपालबाली छौरी हमरा दारु चाही' को चौतर्फी विरोध, नेपाली युवति उपर अपशब्द !
न्यूज ब्यूरो | जनकपुरधाम, १५ जेठ । मैथिली भोजपुरीमा निकालिएको एक गीतको अहिले चौतर्फी विरोध युवाहरुले गरेका छन् । मैथिली भोजपुरी भाषाको यो गीतमा नेपाली युवतिहरुलाई अपशब्द एवम् लक्षीत गरी गीत बनाइएको छ । चाही नै नेपाली हमरा भारु चाही, ए नेपाल बाली छौरी हमरा दारु चाही बोलको गीतमा नेपाली युवति उपर अपशब्

२०७५ जेठ १५ मंगलबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, १५ जेठ । मैथिली भोजपुरीमा निकालिएको एक गीतको अहिले चौतर्फी विरोध युवाहरुले गरेका छन् ।
मैथिली भोजपुरी भाषाको यो गीतमा नेपाली युवतिहरुलाई अपशब्द एवम् लक्षीत गरी गीत बनाइएको छ ।
चाही नै नेपाली हमरा भारु चाही, ए नेपाल बाली छौरी हमरा दारु चाही बोलको गीतमा नेपाली युवति उपर अपशब्द प्रहार गरिएको छ ।
यतिबेला सोसल मिडियामा भाइरहल भइरहेका यी गीतमा नेपाली सँस्कृति र युवति उपर खडो प्रहार गरिएको भन्दै नेपाली युवाहरुले समेत त्यसको जवाफमा गालीगलौज सहितको भिडियोहरु पोष्ट गर्दै आएका छन् ।
आफ्नो देशको चेलीमाथि अपशब्द प्रयोग गरिएको भन्दै युवाहरुले गीत गाउने गायकलाई कडा जवाफ दिएका छन् ।
युवाहरुले भारत विहारमा आफ्नो परिवारलाई समेत अपशब्दबाट नछाडने ती गायकहरुले नेपाली चेली उपर प्रयोग गरेको अपशब्दको भत्सर्ना गर्दै जवाफी भिडियोहरु पोष्ट गरेका छन् ।
भारत विहारमा रक्सी प्रतिवन्ध गरिएपछि सीमामा रहेको गाउँमा रक्सी खानको लागि विहारका युवाहरु आउने गरेको छ । त्यसैलाई आधार बनाएर गीत बनाइएपनि गीतमा अपशब्दहरु प्रयोग गरिएको छ ।
त्यही गीतलाई अन्य गायकहरुले समेत कापी गरी विभिन्न छौरीको सट्टा भौजी शब्द प्रयोग गरि बनाएको छ ।
ए नेपालबाली भौजी हमरा दारु चाही बोलको गीतहरु युटुवमा छयापछयाप्पी पाइएको छ ।
मैथिलीमा चेलीलाई नीच स्तर भाषामा छौरी भन्ने गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…