दलितको नाममा आफ्नो चरित्र हत्या गर्ने खोजियोः लोसपा नेता जयश्वाल

२०८० भदौ २२ शुक्रबार
बिहान ११:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सबैलामा केही दिन अगाडी एक दलित महिला र उनका छोरामाथि भएको कुटपिटको घटनामा लोसपाका नेतालाई पोलेपछि उनले तथ्यलाई खण्डन गरेका छन् । 

विभिन्न सँचारमाध्यमहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सबैलाका नेता रामचन्द्र जयश्वाललाई दलितकै नाममा कुटेको भन्दै आएको समाचारमा सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी नेता जयश्वालले दलितका कथित अगुवाहरुले दलितसँग जोडेर मिटरब्याजी समेत बनाउँदै चरित्र हत्या गरेको आरोप लगाएका छन् । 

जयसवालले सबैला नगरपालिका वडा नम्बर ३ मा घर भएकी ५४ वर्षीया कौसिलया देवी दास र नीजको छोरा २१ वर्षीय भरोषी दासलाई कुटपिट गरिएको घटनामा आफ्नो संलग्नता नरहेका दाबी गर्दै राजनीतिक उक्साहटमा आफूलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

भरोसी दासलाई विवादको क्रममा सामान्य चोट लागेको पत्रकार सम्मेलनमा स्वीकार गर्दै जयसवालले घटनामा कौशिल्या दासलाई समेत कुटपिट गरिएको भनी गलत हल्ला बाहिर फैलाएको बताए । उनले भने– “घटना भएको दिन कौशिल्या सबैलामा नभई बरकुरवामा थिए । तर कौशिल्यालाई पनि कुटपिट गरिएको भनी गलत हल्ला फैलाइएको छ ।”

पछिल्लो समाचारः

 घटना बारे जानकारी गराउंदै जयसवालले भने कौशिल्याको बिरामी रहेकी सासु अन्दाजी ८०–८५ वर्षको उमेरमा पनि छोराले नराखेपछि स्याहार सुसार गर्नेवाला कोही नभएप्छि आफूले यसलाई जनकपुरधाम वृद्धा आश्रममा पठाई दिन केही दिनअघि कौशिल्याका श्रीमान बौका दास तत्मालाई भनेको थिए । सो कुरालाई रिसवी बनाई कौशिल्या र उनका छोरा भरोसीले आफूलाई तथानाम गाली गरेको थियो ।

सो घटनाको भोलीपल्ट भरोसीले पुनः आफूलाई गाली गलौज गर्दा विवाद हुँदा आफ्ना स्टाप श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायतका व्यक्ति सहन नसकेर सम्झाउन खोज्दा भरोसी हातपातमा उत्रेपछि उनको नाकमा सामान्य चोट लागेको थियो । उनले थप्दै भने घटनाको बेला आफू त्यहाँ थिएन । तरपनि आफूलाई जानकारी भए लगतै तुरन्त प्रहरी बोलाएर आफ्नै खर्चमा उपचारका लागि जनकपुर पठाई दिए । पछि केही स्थानीय राजनीतिक व्यक्तिको उक्साहटमा आफूलाई बदनाम गर्न मिटरब्याजी भनेर कुटपिट गरेको भनी गलत हल्ला फैलाइयो ।

तपाई सांचिकै मिटरब्याजी हो भन्ने आरोप बारे जयसवालले भने कौशिल्याको छोरीको विवाहमा कसैले सहयोग नगरेपछि आफू कहाँ आउंदा कागज बनाउंदा ५ लाख रुपैया २ रुपैयाको ब्याजदरमा दिएको हो । 

७ वर्ष बितिसक्दा पनि रकम नदिएपछि आफूले नयाँ कानून अनुसार तमसुक कागज फेर्न भनेको हो । तर जमिन नदिएपछि कुटपिट गरेको हल्ला गलत हो । किनकी भरोसीको बुवा बौकाले ऋण तिर्न सक्दैन सो जग्गा लिई लिन ३÷४ वर्षदेखि भन्दै आएको थियो । त्यो जमिन बिक्री पनि भइसकेको अवस्थामा आफू कसरी माग्ने प्रतिप्रश्न उनले गरे ।

जयसवालले भने–“आफू मिटरब्याजी होइन यहाँका गरीब विपन्न परिवारका सहयोगी छौं । गाउँमा कयौं गरीब विपन्नलाई २०र२५ हजार रुपैया कयौं पटक राजनीतिक व्यक्ति भएका कारण सहयोग गरिसकेका छौं । आजसम्म कसैले पनि आफूलाई मिटरब्याजीको आरोप लगाएको छैन न आफू विरुद्ध कुनै उजुरी परेको छ । आफू सहयोगी व्यक्ति भएकै कारण लोसपाको यहाँ संगठन नभएपनि पछिल्लो पटक मेयर चुनावमा ७ सय मतले मात्र हारेका छौं ।”

आफूले कुटपिट गरेको हो÷होइन, घटनाका बेला भरोसीकी आमा कौशिल्या थिए÷थिएन प्रहरी र प्रत्यक्षदर्शीले नै स्पष्ट गरिदिने उनले बताए । घटना बारे आरोपित भनिएका विन्दी यादवले पनि विवाद भएको स्वीकार गर्दै भने घटनाको बेला न त कौशिल्या थिए न जयसवाल नै थिए भने ।

यस्तै प्रत्यक्षदर्शी कौशिल्याका छिमेकी फिरन दासले पनि घटनाको बेला कौशिल्या सबैलामा नभई बरकुरवामा रहेको दाबी गरे । उनले भने कौशिल्याका छोरा भरोसी र छोरीले जयसवाललाई तथानाम गाली गलौज गरेको देखेको थिए । तर जयसवालका स्टापहरुले सहन नसकेर सम्झाउन खोज्दा भरोसीसँग सामान्य विवाद भएको थियो र सोही क्रममा उनलाई चोट लाग्न गएको हो ।

सोही घटनालाई आफूलाई दलितका अगुवा भनाउने अवसरवादीहरुले दलितको नाममा रोटी सेक्न खोजेको बताए । उनले राजनीतिक दलका चम्चागिरी गर्दै केही नक्कली अगुवाहरुले आफ्नो चरित्रहत्याको प्रयास गरेको बताए । 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०८० भदौ २२ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus