मिटरब्याजीको आयोजना र मिर्चैयामा प्रहरीको सुरक्षामा प्रतिबन्धित ओरकेष्ट्रा
उनी मिर्चैया क्षेत्रमा मिटरब्याज धन्दा चलाउँदै आएका नामुद मिटरब्याजी हुन् । उनी पैसाबाला भएको प्रहरी प्रशासन पनि प्रभावित भएर टुलुटुलु हेरेर बसिरहेको स्थानीय बुद्धिजीवीको गुनासो छ ।

२०८० भदौ २२ शुक्रबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा प्रहरीकै उपस्थितिमा अश्लील अर्केष्ट्रा भइरहेको छ । कृष्ण जन्माष्टमीको अवसरमा मिर्चैया बजारमा आयोजित मेलामा अर्केष्ट्रा भइरहेको हो ।
अर्केष्ट्रामा स्थानीयहरूमा नकारात्मक असर पार्ने गरि अश्लील गीतहरू नृत्य हुँदैछ । तर, कार्यक्रम स्थलमै उपस्थित प्रहरीले त्यहाँ रोक लगाउनुभन्दा संरक्षण दिएर बसेको छ ।
मेला स्थानीयहरूले समिति बनाएर आयोजन गरेपनि अर्केष्ट्रा भने मिर्चैया बजारको कञ्चन ज्वेलर्स एवं कञ्चन बस्त्रालयले ल्याएको छ । यसका मालिक छन् ( जयप्रकाश प्रसाद साह ।
उनी मिर्चैया क्षेत्रमा मिटरब्याज धन्दा चलाउँदै आएका नामुद मिटरब्याजी हुन् । उनी पैसाबाला भएको प्रहरी प्रशासन पनि प्रभावित भएर टुलुटुलु हेरेर बसिरहेको स्थानीय बुद्धिजीवीको गुनासो छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…