सीमाबाटै मोटरसाईकल चोरी
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया बस्ने स्थानीय धर्मेन्द्र साहको नाममा रहेको जीतेन्द्र साहको मोटरसाईकल चोरी भएको हो । साहले चढदै आएको प्रदेश २–००२–००४ प २६५८ नम्बरको रातो रँगको रिडम मोटरसाईकल चोरी भएको हो ।

२०८० भदौ २१ बिहीबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । किनमेलको लागि सीमाक्षेत्र बिहार गएका एक जनाको मोटरसाईकल चोरी भएको छ । सीमानाकासँगै रहेको हरिने बजार गएको बेला सीमामै मोटरसाईकल पार्क गरेको समय मोटरसाईकल चोरी भएको हो ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया बस्ने स्थानीय धर्मेन्द्र साहको नाममा रहेको जीतेन्द्र साहको मोटरसाईकल चोरी भएको हो । साहले चढदै आएको प्रदेश २–००२–००४ प २६५८ नम्बरको रातो रँगको रिडम मोटरसाईकल चोरी भएको हो ।
मोटरसाईकल चोरी गरिरहँदा चोरको तस्विर नजिकै लागेको सिसिटिभी क्यामेरामा कैद गरिएको हो । गत मँगलबार अपरान्ह ४ बजेको समयमा सो मोटरसाईकल चोरी भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…