बेपत्ता पारिएका डाक्टरको लास १० दिनपछि फेला

२०८० भदौ २१ बिहीबार
बिहान ०७:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  झापा दमकका बेपत्ता डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उनी उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी बेपत्ता भएका थिए । त्यस बेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख एव‌म् प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र  २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला १० गते सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको थियो । डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

भारतले पठायो सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान आदित्य–एल १

  • २०८० भदौ २१ बिहीबार

न्यूज ब्यूरो, काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको

पूरा पढ्नुहोस्

Bureau Menus