सोनमा गाउँपालिकाका अध्यक्ष यादवलाई कार्यालय प्रवेशमा रोक
उल्लेखित बुँदागत मागहरु सम्बोधन नभएसम्म गाउँपालिका अध्यक्ष विशेश्वर यादवलाई सोनमा गाउँपालिकाको कार्यालय प्रवेशमा रोक लगाउनुपर्ने अडान विद्यार्थी पक्षले राखेको हो । नीजि स्वार्थको लागि विभिन्न विद्यालयबाट गाउँपालिका अध्यक्ष यादवले मोटो रकम उठाएर शिक्षक सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले विरोध जनाउँदा पावरको भरमा प्रहरी लगाएर कुटपिट गर्न लगाएको आरोप छ ।

२०८० भदौ २० बुधबार, बेलुकी ७:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । व्यक्तिगत फाईदाको लागि विद्यार्थीहरुलाई कुटाएका महोत्तरी सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवलाई गाउँपालिका कार्यालय प्रवेशमा रोक लगाईएको छ ।
मँगलबार प्रहरी र विद्यार्थीबीच भएको झडपमा आधा दर्जन बढी विद्यार्थी घाईते भएपछि विद्यार्थी पक्षले विभिन्न माग अघि सार्दै माग सम्बोधन नभएसम्म गाउँपालिका अध्यक्ष यादवलाई कार्यालय प्रवेशमा रोक लगाएको बताएको हो ।
बुधबार भएको सँयुक्त निर्णयबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, झडपमा घाईते भएका विद्यार्थीहरुको सम्पूर्ण उपचार खर्च गाउँपालिका अध्यक्षले व्यक्तिगत तिर्नुपर्ने, पक्राउ परेका विद्यार्थीहरुलाई तुरुन्त रिहा गर्नुपर्ने, सोनमा गाउँपालिका वडा नं. १ र २ स्वास्थ्य कार्यालय बाहेकका कार्यालयहरु बन्द गर्नुपर्ने जस्ता निर्णयहरु गरिएको हो ।
उल्लेखित बुँदागत मागहरु सम्बोधन नभएसम्म गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवलाई सोनमा गाउँपालिकाको कार्यालय प्रवेशमा रोक लगाउनुपर्ने अडान विद्यार्थी पक्षले राखेको हो । नीजि स्वार्थको लागि विभिन्न विद्यालयबाट गाउँपालिका अध्यक्ष यादवले मोटो रकम उठाएर शिक्षक सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरुले विरोध जनाउँदा पावरको भरमा प्रहरी लगाएर कुटपिट गर्न लगाएको आरोप छ ।
विद्यार्थीहरुको माग सम्बोधनको लागि गठन गरिएको सँघर्ष समितिले उक्त मागहरु पूरा नभएसम्म चरणवद्ध रुपमा आन्दोलन जारी राख्ने बताएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…